Logo
Logo

कोरोना रोकथाम गर्न प्रधानमन्त्री ओलीलाई गगन थापाको आग्रह


दृष्टि संवाददाता

378
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमण रोकथाम, न्युनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्।

सोमबार एक भिडिओ सन्देश जारी गरेका सांसदसमेत रहेका पूर्वस्वास्थ्य मन्त्री थापाले तीव्र रूपमा कोरोना बढिरहेकोले यसले भयावह स्थितिको संकेत गरेको उल्लेख गरेका छन् । संसद अधिवेशन चालु नरहेकोले आफूले भिडिओमार्फत् नै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थापा बताएका छन् ।

‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ। यो बेला कोरोना संक्रमणको रोकथाम, न्यूनिकरण र व्यवस्थापन गरेर जनजीवन जोगाउनेबाहेक सरकारको अर्को प्राथमिकता हुन सक्दैन,’ थापाले भनेका छन्, ‘संसद चालु नभएकोले यसैमार्फत् प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणको प्रयास गरेको छु।’

उनले पटकपटक संसदमा कोरोना रोकथामलगायत विषयमा छलफल गर्न खोजे पनि प्रसंसद विघटन लगायतले अन्यत्र ध्यान मोडिएको उनले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्