Logo
Logo

यातायात व्यवसायी भन्छन्- प्लेन बन्द नगरेसम्म सार्वजनिक सवारी पनि बन्द गर्दैनौं


दृष्टि संवाददाता


काठमाडौं । जिल्ला प्रशासन कार्यालयहरूले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयप्रति यातायात व्यवसायी आपत्ति जनाएको छ ।

सोमबरा काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले असोज १६ गतेदेखि सार्वजनिक यातायात बन्द गरेर निषेधाज्ञा लगाउने निर्णय गरेको छ। तर, आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने उल्लेख छ । उक्त निर्णयप्रति यातायत व्यवसायीले असन्तुष्टि पोखेका हुन् ।

यातायत व्यवसायी प्लेन बन्द नगरेसम्म सार्वजनिक सवारी पनि बन्द नगर्ने चेतावनी पनि दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन्–‘सरकारले बसमा विमानमा भन्दा सानो लगानी छ भनेर द्वैध खालको नीति लिँदा यात्रु र व्यवसायी मर्कामा पर्छन्, कि बस चढ्न बाध्य गरिब नागरिकले मात्र कोरोना सार्छ, विमानमा उड्नेहरुले माहमारी नफैलाउने हो ?’

महासचिव सिटौलाले सरकारले दोहोरो खालको निर्णय लिएमा आफूहरुले सरकारी निर्णयको अवज्ञा गर्ने बताए । आन्तरिक उडानमा यात्रुबीच दूरीको नियम पालना हुँदैन । विमानका यात्रु र वायुसेवा सञ्चालकले जे–जे मापदण्ड पालना गर्छन्, हामी पनि त्यो पूरा गर्न आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्