Logo
Logo

‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गरी ‘फ्लोर क्रस’ गर्ने चार जना सांसदलाई पदमुक्त गरिएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख राजबहादुर शाहीले उनीहरू पदमुक्त भएको पत्र पढेर सुनाएका हुन्।

आइतबार नेकपा एमाले कर्णाली प्रदेश सभा दलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई पदमुक्त गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएको थियो।

दैलेखको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका अम्मर र थापा, कालीकोट १ (क) बाट निर्वाचित कुर्मराज शाही, डोल्पा (क) बाट निर्वाचित नन्दसिंह बुढा, सल्यान १ (ख) बाट प्रकाश ज्वालाको पद वैशाख १३ गतेदेखि लागू हुनेगरी रिक्त भएको हो।

अब कर्णाली प्रदेशसभा ३५ सदस्यीय बनेको छ। नकेपा एमालेका १६ (सभामुखसहित), माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद अब कर्णाली प्रदेश सभामा छन्।

यसअघि नेकपा विवादको बीचमा नेकपा एमाले प्रवेश गरेका दैलेखका सांसद धर्मराज रेग्मीलाई पनि माओवादी केन्द्रले पदमुक्त गरेको थियो। उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेर दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्