Logo
Logo

३५ सय ५६ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडाैं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा तीन हजार पाँच सय भन्दा बढी संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो पछिल्लो२४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १४ जना गरी जम्मा ३ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै, आज १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय ७६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्