Logo
Logo

सीमामा कडाइ गर्दै कोरोना नियन्त्रणमा खटिन सशस्त्र आइजीको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् ।

सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट महानिरीक्षक खनालले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्यका साथमा उच्च सतर्कता र स्वास्थ्य मापदण्ड पूरा गरी ड्यूटीमा परिचालित हुन निर्देशन दिएका हुन्।

आफ्ना सबै युनिटको अवस्था बुझ्नका साथै सशस्त्र प्रहरी कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनको लागी कडाईका साथ प्रस्तुत हुन समेत उनले निर्देशन दिए।

नेपाल सरकारबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो युनिटको आन्तरिक व्यवस्थापन, सीमा नाकामा कडाई, अत्यावश्यक वस्तु ढुवानीमा सहजिकरण तथा उच्च स्तरको र प्रभावकारी ड्यूटी परिचालन गर्नसमेत उनले निर्देशन दिए। चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले कार्य गर्न, त्रुटी रहित ढंगले काम गर्नुका साथै स्थानीय निकाय तथा अन्य सुरक्षा निकायसंगको सहकार्य र समन्वयमा सम्पूर्ण जनशक्ति परिचालन गराउनसमेत निर्देशन दिए।

कर्मचारी संक्रमित हुन सक्ने तर्फ सचेत हुनु पर्ने वताउनु हुँदै उनले प्रदेशमा रहेका आफ्ना चिकित्सक मार्फत घुम्ती परामर्श शिविर संचालन गराउने व्यवस्था मिलाउनुका साथै आवश्यकता अनुसार उपत्यकास्थित नेपाल एपीएफ अस्पतालका चिकित्सकहरुसँग समन्वय गरी कार्य गर्न र अभिभावकिय जिम्मेवारी पुरा गर्न समेत निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्