Logo
Logo

नौ जिल्ला कोरोनाको ‘रेड जोन’मा


दृष्टि संवाददाता


काठमाडौं । उपत्यकाका तीन र बाहिरका ६ जिल्लामा कोरोनाको रेड जोनमा परेका छन् । पाँच सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेड जोनमा राखेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देहीमा पाँच बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कर्णाली र सुदुरपश्चिममा संक्रमण फैलिएपनि एउटै जिल्लामा पाँच सय भन्दा धेरै सक्रिय संक्रमित छेनन् । पाँच सय भन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लामा लकडाउन गर्न सरकारले अनुमति दिइसकेको छ ।

उपत्यकाका बिहीबारदेखि निषेधाज्ञा लागू गर्न लागिएको छ । तर कुन कुन क्षेत्र बन्द गर्ने भन्ने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्