Logo
Logo

देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्छ : देउवा


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर देउवाले यसअघि खोप उपलब्ध गराएका भारत र चीनलाई धन्यवादसमेत दिएका छन् । थप खोप ल्याउनेबारे सरकारले ठोस योजनासहित कुटनीतिक पहल गर्नुपर्ने देउवाको भनाइ छ ।

उनले कोरोना संक्रमित संख्या वृद्धि भइरहेकोले देशको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउन सक्ने पनि बताएका छन् ।आइसियू र भेन्टिलेटरको संख्या थप गर्न उनले सरकारसँग मागसमेत गरेका छन् ।

साथै कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् । थप संक्रमण फैलन नदिन सरकारले हरसम्भव उपाय लगाउनुपर्ने देउवाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्