Logo
Logo

अपार्टमेन्ट र होटलमा बसेर आइपिएलकाे बाजी धन्दा, ११ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । भारतमा जारी क्रिकेट प्रतियोगिता आइपिएलमा बाजी धन्दा चलाएको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । महानगरीय अपराध माहाशाखाबाट खटिएको बिशेष टोलिले भारतीय नागरिक सहितलाई पक्राउ गरेको हो ।

कालो रङ्को झोला बोकी हिडिरहेको अवस्थामा भारत हिमाञ्चल प्रदेश सोलन जिल्ला घर भएका बर्ष ४६ को सुशिल जेष्टालाई नियन्त्रणमा लिई झोला खानतलासी गर्दा सट्टेबाजीमा प्रयोग भएको मोबाईल र त्यसको हिसाबकिताब भएको डायरी प्रहरीले फेला परेको थियो । सोही आधारमा लाजिम्पाट स्थित खोलागल मार्गमा रहेको रमेश हमालको अपार्टमेन्टको चौथो तल्लामा रहेको कोठा नम्बर ११० बाट सुचित अग्रवाल ,पवन कुमार शर्मा लाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । उनीहरुको कोठा तथा घर खानतलासी गर्दा सट्टेबाजीको हरहिसाब गरिएको कागजका टुक्राहरु ,बिभिन्न रकमको विवरण र कोड समेत लेखिएको कागजातहरु र मोबाईल ४ थान समेत फेला परेको र निजहरुको बयानबाट जमल स्थित एक घरमा पुग्दा मोबाईलको विवरणबाट सट्टेबाजी गराई रहेको अवस्थामा भारत बिहार प्रदेश मोतिहारी जिल्ला घर भएका मुकेश जैसवाललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

अनुसन्धानकै क्रममा ठमेलमा अशोक सिंहलाई फेलापारी उनको शरीर खानतलासी गर्दा सट्टेबाजी संग सम्बन्धीत विवरणहरु फेला परेको र होटल सनवे इनको चौथो तल्लामा अंकित कुमार लगायत ६ जनाले बिभिन्न कम्पनीका मोबाईलमा सट्टाबाजी गराई खेल खेलाई रहेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाज गर्नको लागी यूजर आडी र पासवर्ड लिई कमिसनमा खेल खेलाउने ,ग्राहकहरु खोज्ने,हार जीत भएका ब्यक्तिहरुलाई रकम लिने–पुर्याई दिने जस्ता कार्य गर्ने गरेको पाईएको महाशाखले जनाएको छ । पक्राउ परेका उपर अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्