Logo
Logo

कोरोना संक्रमण रोक्ने उपाय अपनाउन सरकारलाई देउवाको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने गरी अघि बढ्न सरकारसँग माग गरेका हुन् ।

उनले स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएकोप्रति सरकारलाई सचेत गराउँदै संक्रमण रोक्ने विषयमा ध्यान दिन भनेका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

विज्ञप्तिमा चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग देउवाले माग गरेका छन् । साथै कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि देउवको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्