Logo
Logo

दीपक मनाङेद्वारा स्वतन्त्र सांसदको स्थान माग


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेशसभा सचिवालयमा आफ्नो स्थान माग्दै निवेदन दर्ता गराएका छन् ।

स्वतन्त्र जितेका तर एमाले प्रवेश गरेको भनिएका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले प्रदेशसभा सचिवालयमा आफ्नो स्थान माग्दै निवेदन दर्ता गराएका छन् ।

सोमबारदेखि सुरु भएको गण्डकी प्रदेशसभामा दीपक मनाङेले आफू स्वतन्त्र नै रहेको दाबी गर्दै स्थान मागको निवेदन दर्ता गराएका हुन् ।

उनले लेखेको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा म मनाङ निर्वाचन क्षेत्र नं। ख बाट प्रत्यक्ष स्वतन्त्र निर्वाचित सांसद भएकोले संसद भवनमा स्वतन्त्र सांसदको स्थान उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

यसअघि प्रदेशसभामा दुई तिहाई पुर्‍याउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद मनाङेलाई पार्टी प्रवेश गराए थिए ।

मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवार बनेर एमालेको समर्थनमा उनले चुनाव जितेका थिए । सोही आधारमा उनलाई एमालेले आफ्नो पक्षमा गणना गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्