Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञादेखि भेरी अस्पतालमा स्वास्थयकर्मीको अभावसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलन थालेपछि वैशाख १६ अर्थात् बिहीबारदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी, सोमबार उपत्यकाका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीद्वारा छुट्टाछुट्टै आदेश जारी गर्दै वैशाख २२ गतेसम्म अत्यवाश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक, काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने, खाद्यान्न सामाग्रीहरुका पसल-व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने ।

२.  २४ घण्टामा देशभर तीन हजार पाँच सय ५६ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितमध्ये २० देखि २९ वर्षका ८ सय ६३ जना, बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि, संक्रमणबाट मात्रै देशभर गरी १२ जनाले गुमाए ज्यान, मृतक संख्या तीन हजार १ सय ७६ पुग्यो ।

३. कोरोना भाइरसको संक्रमण फैलदै गएकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारलाई समर्थन गरिरहेको दल माओवादीले जनाए असन्तुष्टी, सरकारको महामारी रोक्न कुनै पहल नगरेको आरोप, हरसम्भव उपाय अपनाउन कांग्रेस सभापति शेरबहादुर देउवाको माग, जनताको स्वास्थ्यसँग खेलवाड नगर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रह ।

४. बाँकेको भेरी अस्पतालमा स्वास्थयकर्मीको अभाव, १२ जनाले सेवा दिँदै, तत्कालका लागि ३० जना चिकित्सक, १ सय ५० जना नर्सिङ स्टाफ र २० जना कन्सल्टेन्टको आवश्यकता रहेको पत्र पठाएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा ८० जनाको भर्ना प्रक्रिया अघि बढाउन निर्देशन, संक्रमण उच्च देखिएको जिल्लामा स्वास्थ्य संकटकाल लगाउन चिकित्सक संघको सरकारलाई सुझाव ।

५. सर्वोच्च अदालतद्वारा नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार, माधव नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासद्वारा स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर, माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षको नाममा आदेश ।

६. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश, कांग्रेस दलका नेता, प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा गुरुङ नेतृत्वको सरकार अलोकतान्त्रिक र प्रतिगमनकारी भएको आरोप, संविधानको प्रावधान अनुसार नै अविश्वास प्रस्ताव ल्याएको माओवादी सांसदको तर्क, गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उग्रपन्थी र दक्षिणपन्थीको साँठगाँठ भएको एमालेको आरोप ।

७. नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार बस्ने, अपराह्न तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने बैठकमा पार्टीको विधान संशोधन, प्रदेश २ मा रिक्त रहेको एक समानुपातिक सांसद नियुक्ति र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यतालिका, विभिन्न प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेस भएका अविश्वासको प्रस्ताव र पार्टीले खेल्नुपर्ने भूमिकाबारेमा पनि छलफल हुने ।

८. नेपाल स्टक एक्सचेञ्जले ब्रोकर कम्पनीहरुलाई कोरोना नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यलय सञ्चालन गर्न निर्देशन, प्रभु बैंक लिमिटेडद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको परिष्कृत वित्तीय विवरण सार्वजनिक, दुई अर्ब नाघ्यो नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो,सेयर बजार भने निरन्तर ओरालो, सातामै २ सय ३० अंक तल झ¥यो बजार ।

९. पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा अन्तिम समयको पेनाल्टी गोलसँगै चितवनले ललितपुरसँग बराबरी खेल्यो, मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाललाई इराकको प्रस्ताव, गत साता सम्पन्न त्रिदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरहरुलाई समर्थकहरुले संकलन गरी पठाएको सहयोग हस्तान्तरण, आफ्ना परिवारमा कोरोना भाइरसको संक्रमण देखिएसँगै भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)मा खेलाडी धमाधम प्रतियोगिता छाड्दै ।

१०.र, भारतमा कोरोना संक्रमणको फेरि रेकर्ड, एकैदिन ३ लाख ५४ हजारमा संक्रमण, कोरोना संक्रमणबाट कतारमा थप १० जनाको मृत्यु, ७ सय ५ नयाँ संक्रमित थपिए, कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल सजाय हुने, आप्रवासी भए देश निकाला गरिने, फ्रान्समा कोरोनाको तेश्रो लहर देखा पर्यो, एकैदिनमा २४ हजार भन्दा बढी संक्रमित ।

प्रतिक्रिया दिनुहोस्