सशस्त्र प्रहरीका एआइजीको म्याद थप, केसीलाई आइजिपी हुने बाटो खुल्यो « Drishti News – Nepalese News Portal
Logo

सशस्त्र प्रहरीका एआइजीको म्याद थप, केसीलाई आइजिपी हुने बाटो खुल्यो


दृष्टि संवाददाता


काठमाडौं । सशस्त्र प्रहरी बलका दुई अतिरिक्क्त प्रहरी महानिरीक्षक (एआईजी)को पदावधि थप भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थपिएको छ ।


सशस्त्रका एआईजीको ४ वर्षे पदावधी आगामी वैशाख २० गते सकिन लागेको थियो । सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा एआइजीको पदावधि एक वर्ष थप हुन सक्ने प्रावधान छ । महानिरीक्षक शैलेन्द्र खनाल नथप्ने पक्षमा थिए ।
पदावधि थप भएसँगै एआइजी केसीलाई करिब तीन साता महानिरीक्षक हुने बाटो खुलेको छ । खनालको अवकाशपछि उनी तीन साता महानिरीक्षक हुने छन् ।
केसीको म्याद थप नगरी आइजिपी हुने खेलमा लागेका खड्ग राई र मन्दीप श्रेष्ठ हिस्स परेका छन् । उनीहरुले आगामी माघमा अवकाश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्