Logo
Logo

सत्तापक्षकै सांसद्को अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित


दृष्टि संवाददाता


पाेखरा । गण्डकी प्रदेशसभाको आज (मंगलबार)को बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ ।

बैठकका शुरुमा नै नेकपा(एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन ।

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस्