Logo
Logo

ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ।

मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिए।

मन्त्री रायमाझीको काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। मन्त्री रायमाझी परिवारका सदस्य सहित सचिवालयका केही सदस्यलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्