Logo
Logo

बाँकेमा पनि निषेधाज्ञा


दृष्टि संवाददाता


नेपालगन्ज । कोरोना संक्रमण बढेपछि मंगलबार बिहानैदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ । नेपालगन्जमा भने ९ वैशाखदेखि नै निषेधाज्ञा जारी थियो । जिल्लाभरी नै निषेधाज्ञा गरेपछि मंगलबार भने नेपालगन्जमा संयुक्त सुरक्षा फौजले कडा चेकजाँच गरेका छन् ।

नगरका धम्बोझी चोकमा बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र टाफिक प्रहरीले कडा चेकजाँच गरेका थिए । त्यसैगरी त्रिभुवन चोकमा पनि सशस्त्र प्रहरीको नेतृत्वमा सुरक्षाकर्र्मीले कडा चेकजाँच गरेका थिए ।

नगरका सबै चोकमा सुरक्षाकर्मी तैनाथ गरिएका थिए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार जिल्लामा मंगलबार दिउँसोसम्म ९३ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्