Logo
Logo

बागबजारका व्यापारी सिआइबीको हिरासतमा


दृष्टि संवाददाता


काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययनका लागि एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप एक कन्सलटेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बागबजारस्थित ग्लोबल एजुकेशन काउन्सिलिङ कन्लसटेन्सीका सञ्चालक सागिर अहमद खानलाई सोमबार पक्राउ गरेको हो ।

हालसम्मको अनुसन्धानमा बंगलादेशमा एमबीबीएस पढेका एक बिद्यार्थीको एलएलसीको प्रमाणपत्र उनले कीर्ते गरेको पुष्टि भएको सिआइबीकी एसपी गंगा पन्तले बताइन् । उनले धेरै बिद्याथीएको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बंगलादेश अध्ययनका लागि पठाएको सिआइबी स्रोत बताउँछ । नक्कली प्रमाणपत्र बनाइदिने बागबजारकै ज्योति दिप कन्सल्टेन्सिका सञ्चालक अरुण चौधरीलाई यसअघि नै सिआइबीले पक्राउ गरेको थियो ।

बंगलादेशमा अध्ययन गर्नका लागि प्लस टुसँगै एसएलसीमा पनि उत्कृष्ट नम्बर ल्याएको हुनुपर्ने प्रावधानका कारण उनीहरुले नम्बर थपेर नक्कली प्रमाणपत्र बनाएका हुन् । त्यही प्रमाणपत्रका आधारमा बंगलादेशमा अध्ययनका लागि मेडिकल काउन्सिलबाट अनुमति लिएका थिए ।
त्यसरी एमबीबीएस अध्ययन गरी विभिन्न अस्पालमा कार्यरत सात जना चिकित्सक सिआइबी हिरासतमा छन् । मोरङ विराटनगर महानगरपालिका–५ संझनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका–२ घर भएका २८ वर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भएका धनुषा जनकपुर महानगरपालिका–७ जिरोमाईल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका–२ महालक्ष्मीथान बस्ने धनुषा सवैला नगरपालिका–५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा हाल सिआइबी हिरासतमा छन् । मनाङ साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका–३ बरगाछी बस्ने सप्तरी सकरपुरा–१ घर भएका ३१ वर्षीय अखिलेश कुमार देव, भक्तपुर मध्यपुर ठिमी–२ आदर्श बस्ती बस्ने महोत्तरी मनरा–५ घर भएका २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाई हिरासतमा राखेर सिआइबीले लिखतसम्बन्धि कसुर मुद्दामा कारबाही अघि बढाएको छ ।

अस्ताल कार्यरत चिकित्सक कार्यरत भएको बर्ष दिनपछि नक्कली भएको पुष्टि भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का अनुसार महोत्तरी सरपल्लो–६ का २९ बर्षीय सुभासप्रसाद साह नक्कली चिकित्सक रहेको खुलेको छ । उनी बर्ष दिन देखि जलेश्वरस्थित जनकपुर चिल्ड्रेन अस्पतालको आकमिक कक्षमा कार्यरत थिए । एसएलसीमा ६१ प्रतिशत र प्लस टूमा ५५ प्रतिशत नम्वर ल्याएका उनले बंगलादेशको चटगाउँस्थित ट्रष्ट मेडिकल कलेजबाट एमबीबीएस पास गरेका थिए । प्रहरीका अनुसार उनले एमबीबीएस अध्ययनकै लागि एसलसीको नम्वर सच्चाएका थिए ।
उनी जस्तै मोम्मद राहिद राजाले पनि बंगलादेशस्थित इष्ट मेडिकल कलेजबाट एमबीबीएस गरे । नेपाल मेडिकल काउन्सिलबाट प्रमाण पत्र लिए । उनी दुई बर्ष देखि काठमाडौंको मित्रपार्कस्थित दिर्घायू गूरु अस्पालको आकष्मिक कक्षमा कार्यरत थिए । प्रहरीका अनुसार एसएलसीमा ६८.६३ प्रतिशत र प्लस टूमा ७० प्रतिशत नम्वर ल्याएका उनले पनि छात्रावृतिमा एमबीबीएस अध्ययन गर्न सर्टिफिकेटको नम्वर सच्याए ।
बंगालदेशको बंगाल मेडिककल कलेजबाट एमबीबीएस अध्ययन गरेको मोहम्मद सिद्धिकले पनि एसएलसी र प्लटूमा प्राप्त गरेको अंक सच्चाए । अनि छात्रावृतमा एबीबीएस अध्ययन गर्न बंगालादेश गए । प्रहरीका अनुसार एसएलसीमा ६८.५ र प्लस टूमा ६० प्रतिशत नम्वर ल्याएका उनी बिगत १५ महिनादेखि कोभिडका लागि स्थापना गरिएको केन्द्रीय अस्पतालमा कार्यरत थिए ।
सिआईबीको बिशेष अपरेशनपछि नक्कली सर्टिफिकेटका आधारमा डाक्टर बनेका उनीहरु जस्तै अन्य मनाङ चामे–५ का ३१ बर्षीय दिपेन्द्र गौतम, सप्तरी सकरपुरा–१ का ३१ बर्षीय अखिलेशकुमार देव, महोत्तरी मनरा–५ की २७ बर्षीय पल्लबी सिंह र ललितपुर–२ फराज हुसेन खान पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ मध्ये पल्लबी किष्ट मेडिकल कलेज ललितपुरमा एमबीबीएस अध्ययनरत छिन् । उनले छात्रावृतमा एमबीबीएस अध्ययन गर्नका लागि एसएलसीको सर्टिफिेटक नक्कली बनाएकी थिइन् ।
त्यस्तै बंगलादेशको इब्राहिम मेगिकल कलेजबाट एमबीबीस अध्ययन गरेका फराज हुसेन नेपाल मेडिकल काउन्सिलबाट प्रमाण पत्र लिने चरणमा थिए । उनले एसएलसीको सर्टिफिकेट नक्कली बनाएका थिए । चाइनको हुवेइ युनिभर्सिटिबाट एमबीबीएस गरेका अखिलेस पनि नेपाल मेडिकल काउन्सिबाट प्रमाण पत्र लिने चरणमा थिए । छात्रा वृतिमा एमबीबीएस अध्ययन गर्नका लागि उनले एसएलसीको सर्टिफिकेट नक्कली बनाएका थिए । दिपेन्द्र गौतमले पनि एमबीबीएस अध्ययन गर्नका लागि एसएलसीको प्रमाण पत्र नक्कली बनाएका थिए ।
सिआइबी प्रमुख डिआईजी सहकुल थापाले एसएसलीमा प्राप्त नम्वर सच्याएर डाक्टर अध्ययन गर्न गएको अनुसन्धानबाट खुल्ने बताए । उनले भने,‘यीनीहरुले एसएलसीमा प्राप्त गरेको नम्वर सच्चाए । प्रमाण पत्र नक्कली बनाए । सोही आधारमा एमबीबीएस अध्ययन गर्न चिन र बंगलादेश पुगे । अध्ययनपछि उनीहरुले नेपाल मेडिकल काउन्सिलबाट पनि प्रमाण पत्र झिके । जस मध्ये चार जना त अस्पतालमै कार्यरत थिए ।’
प्रहरीका अनुसार छात्रावृतिमा अध्ययन गर्ने उद्येश्यले उनीहरुले नक्कली प्रमाण पत्रको बनाएको अनुसन्धानबाट देखिन्छ । सिआईबी प्रमुख डिआईजी थापाले भने,‘धेरै नम्वर प्राप्त गरेको सिम्वोल नम्वर खोजे । सोही सिम्वोल नम्वरका आधारमा नक्कली सर्टिफिक झिके । कतिले भने राम्रो नम्वर आएको बिषयसँग र कम नम्वर आएको बिषयको नम्वर साटफेर गरे । निक्कै चलाखी पुर्ण ढंगले यो काम भएको देखिन्छ । यी सबै काम सस्तो र छात्रावृतिमा अध्ययन गर्न गरेको देखिन्छ । यो एक किसिमको भ्रष्टचार हो ।’
प्रहरीका अनुसार पक्राउ परेका सबैले पुरानो बस पार्कस्थित ज्योति दिप कन्सल्टेन्सिबाट नक्लकी प्रमाण पत्र बनाएको देखिन्छ । प्रमाण पत्र उपलब्ध गराउने कन्सल्टेन्सिका अरुण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सिआईबीका प्रवक्ता एसपी गंगा पन्तले भनिन्,‘यीनीहरुले पुरानो ब पार्कमा रहेको ज्योति दिप कन्सल्टेन्सिबाट नक्लकी प्रमाण पत्र बनाएको देखिन्छ । यसका सञ्चालक अरुण चौधरीलाई पनि हामीले पक्राउ गरेका छौं । घटनामा थप अनुसन्धान हुदैछ ।’

१ नामः अखिलेशकुमार देव
एलएलसी ०६४
प्राप्तांक ६१ प्रतिशत
प्लस टू ०६७
प्राप्तांक ५५ प्रतिशत
एमबीबीएस चिन
विश्वविद्यालय हुबेई युनिर्भसिटि फर नेश्नलिटि
अवस्था नेपाल मेडिक काउन्सिलमा परिक्षा दिने बाँकी

२ नामः सुवासप्रसाद साह
एलएलसी ०६३
प्राप्तांक ६१ प्रतिशत
प्लस टू ०६६
प्राप्तांक ५५ प्रतिशत
एमबीबीएस बंगलादेश
विश्वविद्यालय ट्रष्ट मेडिकल कलेज चटगाउँ
कार्यरत संस्था जनकपुर चिल्ड्रेन अस्पताल धनुषा

३ नामः फराज हुसेल खाँ
एलएलसी ०६४
प्राप्तांक ७१ प्रतिशत
प्लस टू ०६७
प्राप्तांक ५५.५ प्रतिशत
एमबीबीएस बंगलादेश
विश्वविद्यालय इब्राहिम मेडिकल कजेल
अवस्था नेपाल मेडिकल कलेजमा परिक्षा दिन बाँकी

४ नामः मोम्मद शाहिद राजा
एलएलसी ०६४
प्राप्तांक ६८.६३ प्रतिशत
प्लस टू ०६७
प्राप्तांक ७० प्रतिशत
एमबीबीएस बंगलादेश
विश्वविद्यालय नर्थ इष्ट मेडिकल कलेज
कार्यरत संस्था दीर्घायू गुरु अस्पताल काठमाडौं

५ नामः पल्लबी सिंह
एलएलसी ०६४
प्राप्तांक ७० प्रतिशत
प्लस टू ०६७
प्राप्तांक ६४ प्रतिशत
एमबीबीएस नेपाल
विश्वविद्यालय किष्ट मेडिकल कलेज
अवस्था किष्ट मेडिकल कजेलमा अध्ययनरत

६ नामः मोहम्मद सिद्धिक
एलएलसी ०६४
प्राप्तांक ६८.५ प्रतिशत
प्लस टू ०१०
प्राप्तांक ६० प्रतिशत
एमबीबीएस बंगलादेश
विश्वविद्यालय बंगाल मेडिकल केजल
कार्यरत संस्था न्यूरो अस्पताल बिराटनगर

७ नामः दीपेन्द्र गौतम
एलएलसी ०६३
प्राप्तांक ६३.५ प्रतिशत
प्लस टू ०६७
प्राप्तांक ६६.८ प्रतिशत
एमबीबीएस बंगलादेश
विश्वविद्यालय ढाका नेश्नल मेडिकल कलेज
कार्यरत संस्था चौरजहारी अस्पताल रुकुम

 

प्रतिक्रिया दिनुहोस्