Logo
Logo

मुख्यमन्त्रीले सांसद किन्न खाेजेपिछ सांसदहरुलाई रिसोर्टमा राखियो


दृष्टि संवाददाता


पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गराउन कांग्रेस र माओवादी केन्द्रले सतर्कता अपनाएका छन् । मुख्यमन्त्री पक्षले सांसद किनेर सत्ता जोगाउने प्रयास गरेपछि सांसदहरुलाई होटलमा राखिएको छ ।


लेकसाइडस्थित कुटि रिसोर्टमा २३ जना सांसदलाई राखिएको हो । गुडविल होटलमा पनि दुईजना प्रदेशसभा सदस्यलाई राखिएको छ । गुडविलमा बस्ने सदस्यहरु भने जनता समाजवादी पार्टी (जसपा)का छन् । प्रदेशसभासमा जनमोर्चाका तीनजना सदस्य भएपनि उनीहरु भने होटलमा बसेका छैनन् । गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका १२ सदस्य छन् । कांग्रेस र माओवादीका सदस्यहरु भने कुटिमा बसिरहेका छन् ।

प्रदेशका मुख्यमन्त्री गुरुङ विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव पास हुन ३१ जना चाहिन्छन् । एकजना सदस्यलाई पनि सत्तापक्षले प्रलोभनमा पार्न सक्ने सम्भावना भएको हूँदा कांग्रेस र माओवादी केन्द्र ढुक्क छैनन् । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा जनमोर्चाको पनि साथ रहेको छ । अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि प्रदेश सरकारले संसदको हिउँदे अधिवेशन हठात रुपमा मध्यरातमै अन्त्य गरेको थियो । सोमबारदेखि बिशेष अधिवेशन बोलाइएको छ । अप्ठेरो आउनसक्छ,’ उनले भने, ‘त्यसैले सुरक्षित हुनका लागि पनि हामी एकैठाउँ बसेका हौ ।’

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नै मन्त्रीमा नियुक्ति गरेर सत्ता जोगाएका थिए । गण्डकीका मुख्यमन्त्रीले पनि त्यस्तै चलखेल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्