Logo
Logo

हामी हौं सक्कली एमाले, ओली त नक्कली हुन् : माधव नेपाल


दृष्टि संवाददाता


नवलपरासी । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरू सक्कली एमाले भएको दाबी गरेका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली र आफूहरू सक्कली एमाले भएको दाबी गरेका हुन् ।

नेता नेपालले ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप पनि लगाए । उनले भन, ‘ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गर्न रमाएका छन् ।’

आफूहरुलाई पार्टी फुटाउन खोजेको आरोप लगाएर ओलीले इमान्दार कार्यकर्ताको भावना विपरित आफूलाई सत्ताको केन्द्रमा राखेर रमाएको पनि आरोप लगाए । कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर ओली विदेशी शक्तीलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको नेता नेपालको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्