Logo
Logo

पूर्वराजा र पूर्वरानीको श्वासप्रश्वासमा समस्या, अक्सिजन दिइयो


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमण भएसँगै नर्भिक अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजन दिइएको छ । अस्पतालले जारी गरेको सूचना अनुसार श्वासप्रश्वासमा समस्या भएसँगै शाह दम्पत्तीलाई अक्सिजनको सहायतामा उपचार भइरहेको हो ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर छ ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते अस्पताल भर्ना भएका थिए । दुवै जना भारतको कुम्भ मेलामा सहभागी भएर आएका थिए ।

प्रतिक्रिया दिनुहोस्