Logo
Logo

एकैदिन ४५ सय बढी नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) तीव्र गतिमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ४५ सय बढीमा संक्रमित फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो पछिल्लो २४ घण्टामा चार हजार २२४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, आज १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय ९४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ। यस्तै मृतकको संख्या ३ हजार १९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्