Logo
Logo

गण्डकीमा कोरोना पुष्टि भएका सांसदले पनि मत दिन पाउने


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि हुने मतदानमा कोरोना भाइरसबाट संक्रमित भएका सांसदले पनि मत दिन पाउने भएका छन् ।

मंगलबार प्रदेशमा बसेका कार्य व्यवस्था समितिको बैठकले प्रदेश सांसदमा संक्रमण देखिए बोल्न नपाउने भएपनि मत दिन भने पाउने व्यवस्था गरेको हो ।

मंगलबार प्रदेशसभाको नियमित बैठकमा एमाले सांसदले कोरोना परीक्षण गर्न माग गर्दै बैठक अवरुद्ध गरेपछि बसेको समितिको बैठकले सबै सांसदको कोरोना परीक्षण गर्ने समेत निर्णय गरेको छ ।

यस्तै, सांसदहरूको कोरोना परीक्षण र नतिजा आउन्जेलसम्मको अवधि कुर्दै दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार पेस गरिएको छ भने सोमबारको बैठकमा मतदानको कार्यसूची राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्