Logo
Logo

विभेदपूर्ण निर्णय गरे निषेधाज्ञाको अवज्ञा गर्ने यातायात व्यवसायीको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ । महासंघका महासचिव सरोज सिटौलाले लामो दूरीका यातायातले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भन्दै यातायात सञ्चालन गर्न माग गरेका हुन् ।

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वस्फूर्त अवज्ञा हुनसक्ने सिटौलाले बताए ।

अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धरासायी भएको भन्दै व्यवसायीहरुले यस वर्ष यातायात व्यवसायलाई बन्द गर्नु नहुने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्