Logo
Logo

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिडसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले कोभिड महामारीका कारण वैशाख १५ देखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने भएको छ । मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दा नहेर्ने निर्णय गरेको हो ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकका कामकारवाही स्थगित गरेको उल्लेख छ ।

साथै उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत र न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारवाही सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधिकरणलाई मिलाउन निर्देशन दिएको छ ।

सरकारले बिहीबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेसँगै सरकारी निकायले सूचना जारी गर्दै सेवा घटाउने निर्णय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्