Logo
Logo

दक्षिण एसियामा कोरोना संक्रमण रोक्न सहयोग गर्ने चीनको प्रतिबद्धता


दृष्टि संवाददाता


काठमाडौं । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएकाे छ ।

मंगलबार कोभिड–१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच भएको भर्चुअल छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले संक्रमण रोक्न सहकार्य गर्ने बताएका हुन् ।

छलफलमा कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे कुराकानी भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा ठोस सहमति नजुटेपनि सबै सहभागी मुलुकले एक्यबद्धता जनाएका थिए ।

भारतले भाइरस संकट खेपेको र उसले आपूर्ति गर्ने भनेको खोप प्रभावित भएको परिस्थितीमा चीनले छलफल चलाएको हो । छलफललाई सकरात्मक रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्