Logo
Logo

नेपाललाई ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा


दृष्टि संवाददाता


काठमाडौं । चीनले नेपाललाई थप ९ करोड २० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने घोषणा गरेको छ ।

मंगलबार कोभिड–१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच भएको भर्चुअल छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कन्फ्रेन्समा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए । कोरोना महामारीको सुरुको चरणदेखि नै चीनले नेपाललाई बिभिन्न ढंगबाट सहयोग प्रदान गरिरहेको छ ।

यस्तै, चीनले अन्य मुलुकलाई समेत सहयषेग गर्ने प्रतिबद्धता बैठकमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्