Logo
Logo

सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकले महामारीप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गर्दै सर्वपक्षीय राजनीतिक संयन्त्रण्को माग गरेको हो ।

बैठकले कोरोना संक्रमित र अन्य बिरामीलाई एउटै अस्पतालमा राख्न नहुने भन्दै डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन पनि सरकारलाई सुझाव दिएको छ ।

यस्तै, अक्सिजन, आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

यस्तै, बैठकले मजदुरका लागि राहत प्याकेज ल्याउन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्