Logo
Logo

‘जसपाका कारण अविश्वासको प्रस्ताव अड्कियो’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)का कारण अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको बताएको छ ।

मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपाले निर्णय गर्नासाथ प्रधानमन्त्री केपी शर्मा ओलीको सरका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताएका हुन् ।

जसपा अहिले आन्तरिक छलफलमा जुटेको र छलफल निष्कर्षमा पुगेसँगै सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने दावी श्रेष्ठको थियो ।

प्रवक्ता श्रेष्ठले भने “जसपा तयार हुनासाथ अविश्वासको प्रस्ताव ल्याउँछौँ । अब निर्णय लम्बिनु हुँदैन् । हामी प्रतीक्षामा छौं । नयाँ सरकार बनाउन पार्टीले पहल गरिरहेका छौँ’ ।

कांग्रेस प्रस्ताव लान तयार भइसकेको र जसपा पनि छिट्टै तयार हुनेमा पार्टी विश्वस्त रहेको श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्