Logo
Logo

माओवादी केन्द्रकाे सबै तहमा ३५ प्रतिशत महिला अनिवार्य


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको अन्तरिम विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय पारित गरेको हो । उक्त निर्णय राष्ट्रिय महाधिवेशन अगावै लागु गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकरी दिए ।

त्यस्तै केन्द्रीय कमिटीमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिकामा २ प्रतिशत दलितको प्रतिनिधित्व थपिने उनले बताए । उनकाअनुसार दलित समुदायलाई विशेष अधिकार दिएर सबै कमिटीमा प्रतिनिधित्व गरिने छ । त्यस्तै ४० वर्ष उमेर समूहका २० प्रतिशत युवालाई सबै कमिटीमा राखिने प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै पार्टीको सबै कमिटीको पादधिकारीमा एक जना महिला राख्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्