Logo
Logo

प्रधानमन्त्रीसहित एमाले नेताहरू कन्ट्याक्ट ट्रेसिङमा


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पनि कोरोना भाइरसको संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । मंगलबार उर्जामन्त्री टोपबहादुर रायमाझी र एमाले नेपाल विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओली पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नेकपा एमालको १४ औं महाविधेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका मन्त्री रायमाझी र नेता रिजाललाई नै संक्रमण देखिएपछि बैठकमा सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

यस्तै, नेता रिजालले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित अन्य पत्रकारसँग सामुहिक तस्वीर खिचेका थिए । तस्वीरमा मास्क नलगाएको भन्दै आलोचना समेत भएको थियो ।

थापा प्रधानमन्त्रीसँग नजिक रहने हुँदा प्रधानमन्त्री स्वतः जोखिममा परेका छन् भने संक्रमण बालुवाटार फैलिएको हो कि भन्ने शंका पनि उत्पन्न भएको छ ।सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गर्दा समेत प्रधानमन्त्री कार्यक्रम र बैठक आयोजना गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्