Logo
Logo

काठमाडौं सिडिओ कार्यालयको नयाँ सूचनाः विवाहमा दुई वटा सवारी साधन प्रयोग गर्न पाइने


दृष्टि संवाददाता


काठमाडौं । विवाह व्रतबन्धका अनुमति विना दुई वटा सम्म सवारी साधन प्रयोग गर्न मिल्ने भएको छ । त्यसका लागि गाडीमा ब्यानर टाँस्नुपर्ने नियम बनाईको छ । १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुई वटासम्म सवारी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो । तर, पार्टी प्यालेस प्रयोग गर्न भने जिल्ला प्रशासन कार्यालयको अनुमित लिनुपर्ने भएको छ ।


त्यस्तै बिहीबारदेखि उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार नयाँ सूचना जारी गरी विहान १० जबेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने उल्लेख गरेको छ ।
सोमबारको सूचनामा १० बजेदेखि ५ बजेसम्म डिपार्टमेन्ट स्टोरको ग्रोसरी सञ्चालन हुने उल्लेख थियो । अन्य खाद्य पसल र डिपार्टमेन्ट स्टोरलाई फरक फरक नियम भएपछि संशोधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्