Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोनाविरुद्ध राजनीतिक संयन्त्र बनाउन सुझावदेखि अस्पतालमा आइसीयु र भेन्टिलेटर अभावसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. बिहीबारदेखि वैशाख मसान्तसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा हुनेभएसँगै काठमाडौं छोड्नेको लर्को, एकैदिनमा ५० हजारले उपत्यका छोडेको प्रहरीद्वारा जानकारी, सरकारले समयमा निर्णय नगर्दा थप संक्रमण फैलने सक्ने खतरा बढेको जनस्वास्थयविज्ञको चेतावनी, घर जाने सबैलाई अनिवार्य होम आइसोलेसनमा बस्न सुझाव ।

२. २४ घण्टामा देशभर चार हजार ५ सय २४ नयाँ कोरोना संक्रमित थपिए, काठमाडौंमा मात्रै १ हजार ६ सय २ जनामा कोरोना भेटियो, बाँकेमा पनि ५सय बढीमा पुष्टि, सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुग्यो, ५८ जना मात्रै क्वारेन्टिनमा, १८ संक्रमितको मृत्यु, स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदा बसेकालाई तुरुन्त काममा बोलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन, आइसीयु र भेन्टिलेटरको अभाव हुन थाल्यो ।

३. कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको भन्दै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई २१ बुँदे निर्देशन तथा सुझाव, कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम (चेन) तोड्नका लागि व्यवस्थित लकडाउन गर्न निर्देशन, कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरूको असन्तुष्टि ।

४. नेकपा माओवादी केन्द्रद्वारा कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग, नेपाल–भारत खुला सीमा रहेको अवस्थामा सीमामा कडाईपूर्वक नियन्त्रण गर्न सरकारलाई सुझाव, निजी अस्पतालसँगको सल्लाह सुझाव लिएर डेडिकेटेड कोभिड हस्पिटल तत्काल सञ्चालन गर्नुपर्ने माओवादीको माग ।

५. नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको दावी, ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप , कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर ओली विदेशी शक्तीलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको टिप्पणी ।

६. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बुधबार अविश्वासको प्रस्तावमाथि मतदान हुने, कोरोना भाइरसको संक्रमणको परीक्षण नगरी बैठक सञ्चालन गर्न नदिने भन्दै एमाले सांसदद्वारा बैठक अवरुद्ध, पीसीआर परीक्षण गरेर बैठक सञ्चालन हुने, कोरोना संक्रमण देखिएका प्रदेश सांसदले मत दिन पाउने, परिवारले ल्याएर मतदान गराउनुपर्ने कार्य व्यवस्था समितिको निर्णय ।

७. चीनका विदेशमन्त्री वाङ यीद्वारा नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा, नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी, कोभिड–१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड ।

८. शेयर घटबढ गराउन भूमिका खेलेको भन्दै ६५ जनालाई एक करोड ७५ लाख रुपैयाँ जरिवाना, सात दिनको करेक्सनपछि शेयर बजारमा ९२ अंकको उछाल,५ अर्ब बढीको शेयर कारोबार, सिंगटी हाइड्रो इनर्जी लिमिटेड को शेयर नेप्सेमा सूचीकृत, मंगलबार कम्पनीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत, कृषि विकास बैंक लिमिटेडद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक ।

९. धनगढी एफसीको पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित, मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढीको जित,नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त, नेप्लेज,जर्मन क्लब बार्यन म्युनिखले आफ्नो मुख्य प्रशिक्षकमा जुुलियन नागेल्समानलाई नियुक्त, इण्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्स् र रोयल चैलेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुँदै ।

१०.र, भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७ सय ६४ को मृत्यु, नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव, शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कमा समेत शवदाह गृह निर्माण हुँदै, ६ करोड डोज खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा, खोप लगाए पनि कतार फर्किने यात्रुहरूले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्