Logo
Logo

कोरोना संक्रमित न्यायाधीशलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो


दृष्टि संवाददाता


काठमाडौं । कोभिड १९ बाट संक्रमित उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

महाकाली उप–प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत भट्टराईलाई बुधवार विहान हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको हो । अधिवक्ता प्रकाश पाण्डेका अनुसार एक साताअघि संक्रमित भएका न्यायाधीश भट्टराईको फोक्सोमा समस्या देखिएको छ । संक्रमण पुष्टि भएपछि न्यायाधीश भट्टराई एक सातादेखि महाकालीको आईसीयू कक्षमा उपचाररत थिए।

प्रतिक्रिया दिनुहोस्