Logo
Logo

महामारीमा पनि विमानस्थलबाट सुन तस्करी, ६० लाखको सुनसहित एक पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । महामारीको समयमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुनसहित मोरङ स्थायी वतन भएका सुरेश कुमार शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स–रे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको सुन बरामद भएको हो । बरामद सुनको मूल्य करिब ६० लाख छ ।

प्रतिक्रिया दिनुहोस्