Logo
Logo

सीता दाहालको अवस्था सुधारउन्मुख


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि अस्वस्थ रहेकी सितालाई मंगलबार मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको थियो । अहिले अवस्था सुधारउन्मुख रहेको छोरी गंगा दाहालले जानकारी दिइन् । उनका अनुसार दुईदेखि तीन दिन अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्