Logo
Logo

जसपा फकाउँदै ओली, १ सय २० जना कार्यकर्ताको मुद्दा फिर्ता (सूचिसहित)


दृष्टि संवाददाता


काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार वादी भइ दर्ता भएका १५ थान मुद्दामा प्रतिवादी बनाइएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको  प्रवक्ता रुङले बताए । मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्