Logo
Logo

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू [निर्णयसहित]


दृष्टि संवाददाता


काठमाडौं । सरकारले जसपाका कार्यकर्ताको मुद्दा फिर्ता लिनेदेखि त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई उपाधि दिलाउने खेलाडी र प्रशिक्षकहरूलाई पुरस्कार दिनेसम्मका निर्णय गरेको छ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मधेश आन्दोलनका क्रममा मुद्दा लागेका जनता समाजवादी पार्टीका १२० जना कार्यकताको मुद्दा फिर्ता लिइएको बताए।

उनका अनुसार मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको प्रस्तावमा दीगो खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयन गर्न फिनल्याण्ड सरकारबाट प्राप्त हुने ९ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्