Logo
Logo

एकैदिन ४,८९७ संक्रमित थपिए, काठमाडौं उपत्यकामा मात्रै दुई हजार बढी


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का चार हजार ८९७ संक्रमित थपिएका छन् । १४ हजार ८३४ वटा नमुनाको परीक्षण गरिएकोमा चार हजार ८९७ जनाको नतिजा पोजिटिभ आएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र दुई हजार ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा एक हजार ४६४, भक्तपुरमा ३५१ र ललितपुरमा २३२ जना छन् ।

हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्