भारतीय सेनाध्यक्ष किन आउन लागे नेपाल ? « Drishti News – Nepalese News Portal
Logo

भारतीय सेनाध्यक्ष किन आउन लागे नेपाल ?


दृष्टि संवाददाता


काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणका लागि मन्त्रिपरिषद्को ९ गतेको बैठकले स्वीकृत गरेको छ ।


शिष्टाचार भ्रमणका लागि उनी नेपाल आउन लागेका सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । उनी आने मिति तय भएको छ । उपयुक्त समयमा आउन स्वीकृत दिइएको बताइएको छ ।
कोरोना महामारी चलिरहेका बेला भारतीय सेना प्रमुखको भ्रमणलाई स्वीकृत गर्नुमा धेरैले अनौठो मानेका छन् । कालापानी विवादका बेला उनै रावतले नेपाल अन्य देशको निर्देशनमा चलेको विवादास्पद टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्