Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : काठमाडौं उपत्यकामा भोलिबाट निषेधाज्ञादेखि गण्डकी प्रदेशमा भाँडभैलोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, दुई दिनमा ५ लाख बढीले छाडे उपत्यका, चर्को भाडा तिरेर भएपनि सर्वसाधारण काठमाडौंबाट बाहिरिए, होम क्वारेन्टिन र आइसोलेसन नबस्दा जिल्लामा पनि कोरोना संक्रमण फैलने जोखिम बढ्दै, स्थानीय सरकारले कोरोना नियन्त्रण गर्न जिल्ला भित्रिनेमा कडाई नगरे अवस्था भयावह हुने जनस्वास्थ्यविद्को चेतावनी ।

२. २४ घण्टामा देशभर चार हजार सात सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १७ संक्रमितको मृत्यु हु्ँदा सात सय ७३ मात्रै निको भए, काठमाडौंमा मात्रै १ हजार ४ सय ६४ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, मास्क नलगाई हिँड्ने ३० हजार ८ सय ८३ जना होल्डिङ जोनमा राखिएको प्रहरीद्वारा जानकारी ।

३. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान अन्तिम समयमा आएर रोकियो, राष्ट्रिय जनमोर्चाका सांसद हराएको भन्दै जनमोद्वारा बैठक रोक्न माग गरेसँगै बैठक स्थगित, हराएको भनिएका सांसद खिमविक्रम शाही कोभिड १९को उपचार गर्ने अस्पतालको आइसीयूमा भेटिए, मंगलबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएका सांसद शाही पोजेटिभ भन्दै अस्पतालमा, प्रदेश सरकारले गुण्डागर्दी गर्दै सांसदलाई अस्पतालमा राखेको भन्दै कांग्रेसद्वारा आलोचना ।

४. सरकारद्वारा तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १ सय २० अभियुक्तका मुद्दा फिर्ता लिने निर्णय, जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले मुद्दा फिर्ता लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङद्वारा जानकारी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको दावी, सरकारको निर्णयको जनता समाजवादी पार्टीद्वारा स्वागत, सरकारलाई समर्थन गर्ने वातावरण बन्दै गएको भनाइ, टीकापुर घटनाको मुद्दा फिर्ता नहुने महान्यायाधिवक्ताको दावी ।

५. नेकपा (एमाले)को खनाल–नेपाल समूहद्वारा कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग, कोरोना भाइरस रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण, पार्टी अध्यक्ष केपी शर्मा ओलीका कदमविरुद्धका कदम र संघर्षलाई यथावत राख्न निर्णय, देशभर सन्तोषजनक रुपमा समानान्तर कमिटी र भेला भएको निष्कर्ष ।

६. बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्री तथा एक राज्यमन्त्रीले लिए प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईसमक्ष पद तथा गोपनीयताको सपथ, नुवाकोटका केशवराज पाण्ड आन्तरिक मामिला तथा कानून मन्त्री, सिन्धुपाल्चोकका सरेस नेपालउद्योग पर्यटन वन तथा वातावरण मन्त्री, दोलखाकी सरस्वती बस्नेत सामाजिक विकास मन्त्रीमा नियुक्त, सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई जिम्मेवारी दिइयो ।

७. संसदीय समितिद्वारा वीर र पाटन अस्पतालको निरीक्षण, कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी ग्रहण, संसदीय टोलीद्वारा कोभिडका बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न सुझाव, अस्पताललाई परेको समस्या समाधानका लागि संसद्ले पहल गर्ने भएकाले लिखित रुपमा सुझाव उपलब्ध गराउन निर्देशन ।

८. निषेधाज्ञाअघि सूचक र कारोबार रकम दुवै घट्यो, १३ अंकले घटेको बजारमा चार अर्बको मात्रै किनबेच, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, सकभर अनलाइन प्रयोग गर्न अपिल,प्राइम कमर्शियल बैंकको ब्याज आम्दानीसँगै बढ्यो नाफा, वितरणयोग्य नाफा २ अर्ब माथि,नबिल बैंकको नाफामा सामान्य सुधार, वितरणयोग्य मुनाफा करिब ४ अर्ब ।

९. सुपर लिगमा पोखराको पहिलो जित, नवयुगको एकमात्र गोल निर्णायक, २ गोलको अग्रता जोगाउन नसक्दा चितवनले बुटवल लुम्बिनीसँग बराबरी खेल्यो, टी–२० को नयाँ बरियतामा ब्याटिङमा तीन नेपाली खेलाडी समावेश, कुशल भुर्तेलको वरीयता सुध्रिदा बलरतर्फ सन्दीप लामिछानेको खस्कँदै ।

१०.र, भारतमा एकैदिन ३२ सय ८५ संक्रमितको मृत्यु, मृतक संख्या २ लाख नाघ्यो, संक्रमित तीन लाख बढी, अक्सिजन अभाव भएपछि भारतले विदेशबाट अक्सिजन आयात गर्दै, ब्राजिलमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ९५ हजार नाघ्यो, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले पूर्ण खोप लगाइसकेका नागरिकलाई ।

प्रतिक्रिया दिनुहोस्