Logo
Logo

गाउँ गएकालाई स्वास्थ्य मन्त्रालयको आग्रहः १० दिन अनिवार्य क्वारेन्टाइनमा बसौं


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिएपछि उपत्यका लगायत मुख्य सहरमा फेरि लकडाउन सुरु भएको छ । लकडाउन सुरु भएपछि लाखौं सर्वसाधरण सहरबाट गाउँतर्फ गइरहेका छन् ।


भिडभाड गर्दै गाउँ गएकाबाट संक्रमण गाउँ गाउँसम्म पुग्ने जोखिम समेत देखिएको छ । जसकारण स्वास्थ्य मन्त्रालयले गाउँ गएकाहरुलाई १० दिन क्वारेन्टाइनमा बसेर मात्र परिवारसँग घुसमिल हुन आग्रह गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
काठमाडौंबाट मात्र करिब पाँच लाख सर्वसाधरण गाउँ गएको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्