Logo
Logo

गण्डकीमा माधव नेपाल पक्षका सांसदलाई मन्त्री बनाउने तयारी


दृष्टि संवाददाता


पोखरा । सरकार टिकाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । उनले माधव नेपाल पक्षका सांसदलाई पनि मन्त्री बनाउन लागेका छन् ।


माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि २ वटा मन्त्रालय खाली छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम रहेका मन्त्रालयमध्ये केहीलाई फुटाएर मन्त्रालय संख्या बढाउन लागिएको छ । माधव नेपालपक्षधर सांसद इन्द्रलाल सापकोटालाई समेटेर मन्त्रिपरिषद् विस्तार हुँदैछ । त्यस्तै दीपक मनाङे भनिने राजीव गुरुङलार्ई खेलकुद मन्त्री बनाउने तयारी भइरहेको छ ।

मनाङेले अविश्वासको प्रस्तावको पक्षमा भोट हाल्ने तयारी गरेका थिए । सापकोटाले पनि फ्लोर क्रस गर्ने डरले मन्त्री बनाउन लागिएको स्रोत बताउँछ । अविश्वास प्रस्ताव फेल पार्न बुधबार जनमोर्चाका सांसदलाई नाटकीय रुपमा आइसियुमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्