Logo
Logo

डनलाई मन्त्री बनाएपछि प्रहरीको शिर निहुरियो


दृष्टि संवाददाता


काठमाडौं । गुन्डागर्दीको आरोपमा प्रहरीले पटक –पटक पक्राउ गरेका दीपक मनाङे(राजीव गुरुङ) मन्त्री बनेपछि प्रहरीको शिर निहुरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

मनाङेले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने भएपछि सरकार जोगाउन उनलाई मन्त्री बनाइएको हो । डनलाई मन्त्री बनाएकोमा सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । अझ, प्रहरी अधिकारी चकित भएका छन् । ‘अब डनलाई स्यालुट गर्नुपर्ने दिन आए,’ जिप्रका कास्कीका एक प्रहरी अधिकृत भन्छन्,‘अब हामीले कुन मनोबलले काम गर्ने ?’

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटेको अभियोगमा उनलाई २०७६ को ९ माघमा कास्की प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

मनाङे ठमेलका डनका रुपमा चिनिन्छन् । कुनै समय उनलाई शेयर नदिई ठमेलमा व्यवसाय नै गर्न नसक्ने अवस्था थियो । चक्रे मिलन र उनको समूहबीच झगडा हुँदा उनकै निर्देशनमा चक्रेको हात काटिएको थियो । जून मुद्दामा उनी दोषी ठहर भएका थियो । उनीविरुद्ध सम्पत्ती शुद्धीकरण मुद्दा समेत दायर भएको थियो । एक समय थारु कल्याणकारी पार्टीमा प्रवेश गरेकोमा बैठकमा एक नेतालाई नै लात्तीले हानेको घटनामा समेत प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

राप्रपा पृष्ठभुमीका उनी पछि कांग्रेस हुँदै २०७४ सालको निर्वाचनमा एमालेको समर्थनमा मनाङबाट चुनाव जितेका थिए । नेपालको राजनीतिमा अपराधीक पृष्ठभुमीका व्यक्तिहरुको बचश्व बढ्दै गएको छ भने इमान्दारहरु पाखा लागेका छन् । जसकारण देश पूरै माफियाको हातमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्