Logo
Logo

दौरा सुरुवालमा ठाँटिएर दीपक मनाङेले खाए मन्त्रीको सपथ


दृष्टि संवाददाता


पाेखरा । गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद राजिव गुरूङ (दीपक मनाङे)ले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिएका थिए । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

प्रदेशमा यसअघि युवा तथा खेलकुद मन्त्रालय थिएन । तर मनाङ्गेलाई मन्त्री बनाएसँगै सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको छ ।

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्