Logo
Logo

उपनिर्वाचनका लागि पाँच राजनीतिक दल दर्ता, पहिलो नम्बरमा एमाले


दृष्टि संवाददाता


काठमाडौं । वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दल दर्ता भएका छन् । जेठ ६ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि बिहीबार निर्वाचन आयोगले पाँच दलले दल दर्ता टुंग्याएको जानकारी दिएको हो ।

आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिह्न, क्रम निर्धारण तथा मतदाता नामावलीका विषयमा पनि निर्णय गरेको छ । आयोगका अनुसार नेकपा (एमाले) लाई सूर्य चिन्ह प्रदान गर्दै पहिलो नम्बरमा दर्ता गरिएको छ भने कांग्रेसले रूख चिह्न सहित दोस्रो नम्बरमा दर्ता गरेको छ ।

तेस्रो नम्बरमा दर्ता भएको नेकपा (माओवादी केन्द्र) ले गोलाकारभित्र हँसिया हथौडा चिन्ह पाएको छ । त्यस्तै चौथो नम्बरमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह र पाँचौं नम्बरमा दर्ता भएको नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह आयोगले प्रदान गरेको छ।

आयोगका अनुसार प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्