Logo
Logo

मन्त्री बनेका दीपक मनाङ्गे भन्छन्- मसँग भिजन छ


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका दीपक मनाङ्गेले आफूसँग भिजन रहेको दावी गरेका छन् । बिहीबार मन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मन्त्री मनाङ्गेले मन्त्रालयलाई अघि बढाउने विषयमा आफूसँग भिजन भएको बताए ।

मन्त्रालयमा बसेर आफूले गर्ने कामका विषयमा शुक्रबार सार्वजनिक गर्ने बताएका छन् । उनले प्रदेश सरकारले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने समेत बताए । ‘हाम्रो सरकारले युथहरूलाई सपोर्ट गर्नुपर्छ । त्यो भयो भने मान्छे विदेश जानु खासै पर्दैन क्या ।’ उनले भने ।

उनले आफ्नो भिजन सबै तयार रहेको र आफूले बुझेको मन्त्रालय पनि भएकाले काम गर्न खासै गाह्रो नपर्ने दावी गरे । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै राष्ट्रिय जनमोर्चाले जता मत दिने त्यतै मत दिने भनेर बसेका मनाङ्गे अप्रत्यासित रूपमा मन्त्री बनेका हुन् । उनले बिहीबार दौरा सुरुवाल लगाएर सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्