Logo
Logo

मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका जनता समाजावादी पार्टी (जसपा)का सांसद्हरु पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो ।

‘सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, मुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा ९२० तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभा बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ’, प्रदेश सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा भनिएको छ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्