Logo
Logo

पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार गरिने


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको संक्रमणले स्वास्थ्य जटिल बनेपछि केही दिन अघि नर्भिक अस्पताल भर्ना भएका पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ ।अक्सिजन लेभल घटेका कारण आईसीयुमा राखी उपचार भइरहेको पूर्व रानी शाहको प्लाज्मा थेरापीबाट उपचार हुनेभएको हो ।

भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राज दम्पतीलाई कोरोना संक्रमण भएपछि बैशाख ७ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

पूर्व राजा ज्ञानेन्द्रको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्