Logo
Logo

लुम्बिनी प्रदेशमा जसपाका कुनै पनि सांसदलाई कारबाही गरिएको छैन : अध्यक्ष ठाकुर


दृष्टि संवाददाता


बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका आफ्ना कुनै पनि सांसदलाई कारबाही नगरेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभाले जसपाको पत्रअनुसार प्रदेश सभा सदस्यबाट निस्कासन गरेको सूचना जारी गरेलगत्तै जसपाका अध्यक्ष ठाकुरले एक विज्ञप्ति निकालेर लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही नगरे स्पष्ट पारेका हुन् । ठाकुरले प्रदेशमा पार्टी समायोजन नभएकाले कुनै पनि सांसदलाई कारबाही नभएको जानकारी दिए ।

उनले लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र संघीय समाजवादी फोरमको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी रहे पनि जसपा नेपालका ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेससभासम्बन्धी सम्पूर्ण काम लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन भनिएको छ ।

वैशाख ६ मा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदसहित जसपाका ४ जना मन्त्री बनेका थिए । मन्त्री बनेका सन्तोष पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको सिफारिसमा निस्कासन गरेको लुम्बिनी प्रदेश सचिवालयले सूचना निकालेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्