Logo
Logo

आलोचकलाई मनाङेको जवाफ: ‘मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योग्दान गर्न बन्ने हो’


दृष्टि संवाददाता


काठमाडौं । विहिबार (हिजो) मात्रै गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका दीपक मनाङे (राजीव गुरुङ)ले आफु नेतालाई सिकाउनको लागि मन्त्री बनेको बताएका छन् ।

उनले नयाँ पत्रिकाको अन्तर्वार्तामा भनेका छन्, ‘मन्त्री भनेको पैसा कमाउन होइन, देशलाई योग्दान गर्न बन्ने हो’ उनले अघि भने, ‘मलाई कामसँग मतलब छ । एक–दुई सातामै म यस्तो काम गरेर जान्छु कि पछि आउने मन्त्रीहरूले त्यसलाई निरन्तरता दिनैपर्छ । म नेताहरूलाई सिकाउन चाहन्छु।’

त्यस्तै उनले आफुलाई आलोचना गर्नेहरुप्रति कडा जवाफ दिएका छन् । उनले आफुलाई गाली मात्र होईन पुजा गर्ने पनि भएको बताएका छन् । उनले भनेका छन्, ‘हरेक मान्छेको राम्रो र नराम्रो पक्ष हुन्छ । रावणलाई आजसम्म पनि भगवान् मान्ने मान्छे छन् नि । श्रीलंकामा रावणलाई भगवान् मान्छन्, उनले भने ‘भारतमा राक्षस मानिन्छ । मलाई पनि कसैले डन भन्छ, कसैले नेता भन्छन्, व्यापारी भन्छन् । मलाई कसैले आलोचना गर्छ भने उसको ‘प्रब्लम’ हो, मेरो होइन । गाली गर्नेलाई गाली गर्न दिनोस् । आधाले पूजा गर्छ, आधाले गाली गर्छ । यसले मलाई केही फरक पर्दैन ।’

उनले गण्डकी प्रदेशमा रहेका केहि सरकारी जग्गामा बृहत कृषि आयोजना चलाउने समेत बताएका छन् । उनले भने, ‘गण्डकीका अन्य १० वटा जिल्लाका लागि दुई–चार हजार रोपनी सरकारी जग्गामा बृहत् कृषि आयोजना चलाउने हो । अवकाश पाएका खेलाडीलाई ठूला कृषि उद्योगमा लगाउने मेरो योजना छ । त्यसमा मलाई सबैको साथ चाहिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्