Logo
Logo

आजतकका चर्चित पत्रकारको कोरोनाबाट मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सनदानाको कोेभिड–१९ बाट मृत्यु भएको छ । एक साताअघि उनलाई संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको हो ।


४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थिए । तर, उनको स्वास्थ्य एक्कासी बिग्रिएको थियो । उनका सहकर्मी तथा वरिष्ठ पत्रकार राजदीप सरदेसाईले उनको मृत्युको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

भारतमा कोरोना संक्रमण अनियन्त्रित भएको छ । बिरामीले अक्सिजन समेत नपाउने अवस्था छ । शुक्रबारको तथ्याङकअनुसार २४ घन्टामा तीन लाख ८६ हजारमा संक्रमण भएको छ । दैनिक ३ हजार भन्दा धेरैको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्